• २०८१ बैशाख २० बिहीबार

वेस्टइन्डिजमाथि ईङल्याण्ड ७५ रनले विजयी

kharibot

काठमाडौँ । ईङल्याण्डले जारी टी-२० सिरिजको चौथो खेलमा वेस्टइन्डिजलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा ईङल्याण्डले वेस्टइन्डिजलाई ७५ रनले पराजित गरेको हो ।

ईङल्याण्डले दिएको २६८ रनको विशाल लक्ष्य पछाएको वेस्टइन्डिज १५.३ ओभरमा १९२ रन बनाएर अलआउट भएको थियो ।

यसअघि पहिला ब्याटिंग गरेको ईङल्याण्डले फिल साल्टको ११९ रनको विस्फोटक पारीको मद्दतले २० ओभरमा ३ विकेट गुमाउदै २६७ रन बनाएको थियो ।

यो जितपछि ईङल्याण्डले ५ खेलको सिरिजमा २-२ को बराबरी गरेको छ । अब सिरिजको अन्तिम खेल शुक्रबार हुने छ ।
   
   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै