• २०८१ बैशाख २४ सोमबार

प्रधानमन्त्री कप महिला टी–२० मा एपीएफको विजयी शुरुवात

kharibot

काठमाडौं । आजदेखि शुरु भएको प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय प्रतियोगितामा विभागीय टिम एपीएफले विजयी शुरुवात गरेको छ । एपीएफ महिला टिमले सुदूरपश्चिम प्रदेश महिला टिमलाई ९ विकेटले पराजित गरेको हो ।

सुदूरपश्चिम प्रदेशले दिएको ८८ रनको लक्ष्य पछाएको एपीएफले १६.१ ओभरमा एक विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको सुदूरपश्चिम प्रदेशले २० ओभरमा ९ विकेट गुमाएर ८७ रन बनाएको थियो ।

अब एपीएफले अर्को खेल शुक्रबार मधेश प्रदेशसँग खेल्ने छ भने सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशसँग शुक्रबार नै खेल्ने छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै