• २०८१ जेठ ६ आइतबार

मन्त्री सुदन किराँतीको राजीनामा माग गर्दै पुत्ला दहन

kharibot

भक्तपुर । नेपाली कांग्रेस समर्थित नेविसंघले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको राजीनामा माग गर्दै पुत्ला दहन गरेको छ ।

सानोठिमी क्याम्पसमा नेविसंघका केन्द्रीय नेताहरूले मन्त्री किरातीले धार्मिक सद्भाव भड्काउन खाजेको र समाजमा अराजकता फैलाएको भन्दै पुत्ला दहन गरेका छन् ।

धार्मिक सद्भाव भड्काउने गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै पुत्ला दहन गरेको सानोथिमी क्याम्पसका एकाई अध्यक्ष एन्जोर कार्कीले बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहालले तत्काल मन्त्री किराँतीलाई बर्खास्त गर्नुपर्ने उनले बताउदै उनले धार्मिक स्वतन्त्रतामा खलल पुर्‍याउने कसैलाई छुट नभएको बताए । 

मन्त्री किराँतीले बुधबार एक कार्यक्रममा 'क्रिश्चियनलाई मान्दिनँ भन्नु चाहिँ संविधान मान्दिनँ भन्नु हो। संविधान नमान्ने देशद्रोही हुन् । यदि कसैले देशद्रोह गर्छ भने त्यसलाई हत्कडी लगाउने, जेलमा हाल्दिने हो ।'  भनेका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय