• २०८१ बैशाख १५ शनिबार

बाघको आक्रमणबाट बर्दियामा बालकको मृत्यु

kharibot

बर्दिया । बर्दियामा बाघले आक्रमण गर्दा एक बालकको मृत्यु भएको छ । 

आज दिउँसो १२:३० बजेको समयमा बाघको आक्रमणबाट बारबर्दिया नगरपालिका वडा नम्बर ४ बैरियामा सोही ठाउँमा बस्ने अन्दाजी १० वर्षका सुमित थारूको मृत्यु भएको प्रहरीले जनाएको छ । 

बबई नदीमा नुहाउन गएका उनलाई जीरा सामुदायिक वन नजिक पाटे बाघले आक्रमण गरी घाइते बनाएको थियो । 

उपचारका लागि आरसी थारू मेमेरियल अस्पताल लगिएकोमा उनलाई १:२० बजेको समयमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै