• २०८१ बैशाख १५ शनिबार

फौजदारी न्याय प्रणालीलाई वस्तुनिष्ठ अभियोजन आवश्यक छ- प्रधानन्यायाधीश श्रेष्ठ

kharibot

काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले वैज्ञानिक अनुसन्धान र वस्तुनिष्ट अभियोजनले मात्र फौजदारी न्याय प्रणालीलाई सही दिशामा लैजान सक्ने बताएका छन् । 

महान्यायाधिवक्ताको कार्यालयको ७३ औं स्थापना दिवस समारोहलाई आइतबार काठमाडौंमा  सम्बोधन गदै उनले महान्यायाधिवक्ताको कार्यालयबाट अनुसन्धान र अभियोजनका सन्दर्भमा देखिएका समस्या र चुनौती सम्बोधनको प्रयास भइरहेको बताए । 

उनले भने, ‘वैज्ञानिक अनुसन्धान र वस्तुनिष्ट अभियोजनले मात्र न्याय सम्पादनलाई सहयोग गर्न र फौजदारी न्याय प्रणालिलाई सही दिशामा लैजान सक्छ । फौजदारी न्याय प्रणालीको केन्द्रीय भूमिकामा रहेको महान्यायधिवक्त्ताको कार्यालयबाट अनुसन्धान र अभियोजनका सन्दर्भमा देखिएका समस्या र चुनौतीहरुको सम्बोधनका लागि विभिन्न काम हुँदै आएका छन् ।’ 

सरकारी वकिलहरुको व्यवसायिक विकासका लागि प्रयासहरु हुँदै आएको उनले बताए । नीतिगत कानुनी एवम् कार्यविधिगत सुधार र कार्यालयको भौतिक सुधार समेत भएको भनाइ उनको राखे ।  

उनले भने, ‘सरकारी वकिलहरुको व्यवसायिक विकासका लागि महत्वपूर्ण प्रयासहरु हुँदै आएका छन् । नीतिगत कानुनी एवम् कार्यविधिगत सुधार विभिन्न मापदण्डको निर्माण, सरकारी वकिल कार्यलयको भवन निर्माणसमेत भौतिक सुधार लगायतका विषयमा उल्लेखनीय कार्य भएको पाएको छु ।’ 

संघीयताका नयाँ अभ्यासहरुको कार्यान्वयन अनुसन्धान र अभियोजनको तहबाट नै गर्न सकिएन भने फौजदारी न्याय प्रणालीको स्तरोन्नति हुन नसक्ने उनको भनाइ थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै