• २०८१ बैशाख २२ शनिबार

केजरीवालको न्यायिक हिरासतको समय बढ्यो

kharibot

काठमाडौँ । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको न्यायिक हिरासत बढेको छ ।

दिल्ली मदिरा नीतिमा भएको अनियमितताको आरोपमा हिरासतमा रहेका केजरीवलको न्यायिक हिरासत मे ७ सम्म बढाइएको छ । दिल्लीको राउज एभिन्यू अदालतले केजरीवालको न्यायिक हिरासत मे ७ सम्म बढाएको हो ।

यस अघि अदालतले केजरीवालको न्यायिक हिरासत अप्रिल २३ सम्म बढाएको थियो ।

उनलाई गत मार्च २२ मा ट्रायल कोर्टले छ दिनको हिरासतमा पठाएको थियो । त्यसपछि उनको हिरासतको समय थपिदै आएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै