• २०८१ बैशाख १६ आइतबार

सिन्धुलीमा बसको ठक्करबाट मोटरसाइटलमा सवार दुई जनाको मृत्यु

kharibot

सिन्धुली । सिन्धुलीमा मोटरसाइटल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । वीपी राजमार्गअन्तरगत सिन्धुलीको सुनकोसी गाउँपालिका- ३ बोहोरेटारमा सोमबार बिहान बस र मोटरसाइकल ठोक्किदा दुईजनाको घटनास्थलमै मृत्यु भएको सिन्धुली प्रहरीले जनाएको हो । 

रामेछापको मन्थलीबाट काठमाडौंतर्फ जाँदै गएको बा.प्र.०१–००६ ख ४५९३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बा ६० प ३५४५ नम्बरको मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालक अन्दाजी २४/२५ वर्षीय पुरुष र सोही मोटरसाइकलको पछाडी सवार दिक्तेल नगरपालिका- १० खोटाङका १८ वर्षीय मुनाकला राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । 

मोटरसाइकल चालकको भने नाम खुलेको छैन । दुर्घटनापछि बसका चालक मन्थली नगरपालिका १३ रामेछापका २४  वर्षीय रुपेश अधिकारी र बसलाई नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय खुर्कोटमा राखिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै