• २०८१ बैशाख १५ शनिबार

रणवीर र आलियाकी छोरी राहा पहिलो पटक सार्बजनिक

kharibot

मुम्बई । बलिवुड अभिनेता रणवीर कपूर र आलिया भट्टले पहिलो पटक छोरी राहालाई मिडियाको अगाडि सार्बजनिक गरेका छन् । रणवीर र आलियाले छोरीसँग सार्बजनिक गरेको भिडियो र तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ ।

सोमबार रणवीरले पहिला पापाराजीहरुलाई आफूले राहालाई पोज दिन ल्याउने जानकारी दिएपछि उनी र आलिया छोरीसँग पोज खिचाउन पापाराजीको अगाडि आएका थिए । राहालाई देखेपछि पपराजीहरू पनि उत्साहित भएका थिए ।

रणवीर र आलियाको विवाह १४ अप्रिल २०२२ मा भएको थियो । उनकी छोरी राहाको जन्म नोभेम्बर ६, २०२२ मा भएको थियो । पछिल्लो एक वर्षमा यो जोडीले राहाको कुनै तस्बिर सार्बजनिक गरेका थिएनन् ।

राहालाई सामाजिक सञ्जालमा देखेपछि फ्यानले विभिन्न प्रतिक्रिया दिएका छन् । कतिपयले राहा आफ्नो हजुरबुवा अर्थात् रणवीरका बुवा ऋषि कपूरजस्तै देखिएको प्रतिक्रिया दिएका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै