• २०८१ बैशाख ३१ सोमबार

एनएसएलको इलिमिनेटरमा आज काठमाडौँ रेजर्स र ललितपुर सिटी भिड्दै

kharibot

काठमाडौँ । जारी नेपाल सुपर लिग (एनएसएल) फुटबलको इलिमिनेटर खेल आज लिग चरणमा तेस्रो भएको काठमाडौँ रेजर्स र चौथो भएको ललितपुर सिटीबीच हुदै छ । यो खेल आज साँझ साढे ५ बजेदेखि दशरथ रंगशालामा हुने छ ।

यस खेलको विजेता दोस्रो क्वालिफायरमा पहिलो क्वालिफायरमा पराजित टिम पोखरा ठण्डर्ससँग खेल्ने छ । दोस्रो क्वालिफायरको विजेता फाइनलमा पुग्ने छ । दोस्रो क्वालिफायर खेल आगामी विहिबार हुने छ ।

जारी एनएसएलको पहिलो क्वालिफायरमा धनगढी एफसीले पेनाल्टी सुटआउटमा पोखरा ठण्डर्सलाई पराजित गर्दै फाइनलमा पुगिसकेको छ । 

लिग चरणका खेलहरु सकिएपछि अब शिर्ष चार क्लब प्लेअफमा पुगेका छन् । जसमा पोखरा ठण्डर्स १५ अंकसहित शिर्ष स्थानमा रहेर प्लेअफमा पुगेको छ भने धनगढी एफसी १३ अंकसहित दोस्रो स्थानमा रहदै प्लेअफमा पुगेको हो ।

त्यसैगरी डिफेन्डिङ च्याम्पियन काठमाडौँ रेजर्स १२ अंकसहित तेस्रो हुदै र ललितपुर सिटी एफसी १० अंकसहित तेस्रो हुदै प्लेअफमा छनौट भएको हो ।

त्यस्तै झापा एफसी र बुटवल लुम्बिनीले १०-१० अंक हासिल गरेपनि गोल अन्तरको आधारमा पाँचौं र छैटौं भएपछि प्लेअफमा पुग्न असफल भएका छन् । त्यसैगरी एफसी चितवनले ९ अंक हासिल गरि सातौ, बीरगंज युनाइटेड र स्पोर्टिंग इलामले ८-८ अंक हासिल गरि आठौँ र नवौं स्थान हासिल गरेका छन् ।

त्यस्तै दोस्रो क्वालिफायर विहिबार हुदै छ । त्यस्तै यस सिजनको फाइनल खेल भने शनिबार हुदै छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै