काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर धरौटीमा रिहा भएका काँग्रेस नेता बालकृष्ण खाँण पहिलो पटक पार्टी कार्यलय सानेपामा पुगेका छन् ।
कांग्रेसको केन्द्रीय समितिको बैठकमा सहभागी हुन पूर्वगृहमन्त्री समेत रहेका खाँण शुक्रबार सानेपा पुगेका हुन् । उनी विहिबारको बैठकमा भने अनुपस्थित रहेका थिए ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि ७ महिना थुनामा बसेपछि उनी ३० लाख धरौटीमा मङ्सिर २९ गते रिहा भएका थिए ।