• २०८१ बैशाख १७ सोमबार

खाँणलाई सम्पत्ति शुद्धीकरण र अख्तियारमा बुझाउने तयारी

kharibot

काठमाडौँ । पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई कारागार प्रशासनले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाउने भएको छ ।

उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा खाणलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । सोही अनुसार खाँणले शुक्रबार जिल्ला अदालतमा धरौटी बुझाएपछि उनी रिहा हुने छन् । तर धरौटी बुझाएपछि खाँणलाई केन्द्रीय कारागारले सम्पत्ति शुद्धीकरण र अख्तियारमा उपस्थित गराउने तयारी गरेको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा खाँणलाई उपस्थित गराउन यसअघि नै सम्पत्ति शुद्धीकरण र अख्तियारले केन्द्रीय कारागारमा पत्र पठाएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै