• २०८१ बैशाख २१ शुक्रबार

मुगुमा सुपथ मुल्यमा फोर्टिफाइड चामल बिक्रि

kharibot

सुर्खेत ।  कुपोषण विरुद्ध लड्न मुगुमा सुपथ मुल्यमा स्तरोन्ती गरिएको (फोर्टिफाइड) चामल बिहिबारबाट बिक्रि बितरण सुरु गरिएको छ । आम सर्वसाधारणको पहुँचमा पुग्ने गरि र सबै परिवारको स्वास्थ्य सुधारका लागि सुपथ मूल्यमा फोर्टिफाइड चामल बिक्रि गरिएको हो ।

खाद्य व्यवस्था तथा व्यपार कम्पनी लिमिटेड कर्णाली प्रदेश कार्यालय प्रमुख माधव मिश्र, विश्व खाद्य कार्यक्रम (डब्लू एफपि)का कार्यक्रम यसोसियट रञ्जन कपाली र खाद्य व्यवस्था तथा व्यापार कम्पनी मुगु र जुम्लाका प्रमुख तथा डिपो कार्यालय श्रीकोट मुगुका प्रमुख सहितको टोली द्धारा बिहिबारबाट मुगुको खत्याड गाउँपालिका ११ रातापानीबाट विक्रि केन्द्रबाट बितरण सुरु गरिएको विश्व खाद्य कार्यक्रमका कार्यक्रम यसोसियट रन्जन कपालीले बताए ।

उनका अनुसार  खाद्य व्यवस्था तथा व्यपार कम्पनी लिमिटेड मुगुको सहयोगमा महिला उत्थान कृषि शहकारी संस्था लिमिटेडद्धारा संचालित सुपथ मूल्य पसलबाट बिक्रि बितरण सुरु गरिएको छ । रातापानीमा बिहिबिार दुइसय क्वीन्टल चामल सुपथ मूल्यमा बिक्रि बितरण भएको छ ।

खाद्य व्यवस्था तथा व्यपार कम्पनी लिमिटेड कर्णाली प्रदेश कार्यालय प्रमुख माधव मिश्रले स्तरोन्नति गरिएको (फोर्टिफाइड) चामलको महत्व र गम्भिर्यताको बारेमा प्रष्ट पार्दै यस्को सदुपयोगको लागि स्थानीय जनप्रतिनिधि लगायत उपभोक्तालाई अनुरोध गरेका छन् । 

खाद्य व्यवस्था तथा व्यपार कम्पनी लिमिटेड, खाद्य प्रबिधि तथा गुण नियन्तण कार्यालय, र विश्व खाद्य कार्यक्रम (डब्लू एफपि) अनुसार स्तरोन्नती गरिएको चामललाई बितरणमा ल्याउनेको २०१९ को सम्झौताको पहिलो बिक्रि बितरण बिहिबार गरिएको हो । 

आगामी वर्षभरिमा साविकको कर्णाली अञ्चलका मुगु,हुम्ला,जुम्ला, कालिकोट र डोल्पामा ७४ हजार क्वीन्टल बिक्रि बितरणमा ल्याउने योजना बनाएको खाद्य व्यवस्था तथा व्यपार कम्पनी लिमिटेड कर्णाली प्रदेश कार्यालय प्रमुख माधव मिश्रले बताए  । उनका अनुसार स्तरोन्नती गरिएको चामल तराईका किसानहरुबाट नेपाल सरकारको न्यूनतम सर्मथन मूल्यमा खरिद गरिएको अरुवा मोटा र अरुवा मकवानपुर धानलाई राजपुर बर्दिया सहित खाद्य कम्पनीको मिलबाट भिटामिन र मिनरल्स थपबाट स्तरोन्ति गरेर बिक्रिमा ल्याइएको हो ।

त्यस्तै विश्व खाद्य कार्यक्रम (डब्लू एफपि)का कार्यक्रम एसोसियट रन्जन कपालीले फोर्टिफाइड चामलको बारेमा प्राबिधिक पक्षबारे स्पष्ट पार्नुभएको थियो  । उक्त खाद्यन्न नेपाल सरकारको ढुवानी अनुदानमा प्रति केजी ५७ रुपैँयाका दरले बिक्रि वितरण हुनेछ । 

उक्त कार्यक्रममा वडाका अध्यक्ष तथा अन्य प्रतिनिधिहरु र स्वयमसेविका लगायतको सहभागिता रहेको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै