• २०८१ बैशाख १५ शनिबार

अन्तर्राष्ट्रिय विमानस्थल सार्वजनिक निजी साझेदारी ढाँचामा चलाउछौ- मन्त्री किराँती

kharibot

काठमाडौँ । सरकारले नेपालका अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनमा सार्वजनिक–निजी साझेदारी ढाँचामा अघि बढाउने विकल्पमा छलफल भएको जनाएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित नवनिर्मित भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका साथै निकट भविष्यमा निर्माण हुने निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई एउटै ढाँचामा सञ्चालन गर्नेगरी छलफल चलिरहेको उनले जानकारी दिए ।

राष्ट्रियसभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको आज सिंहदरबारमा भएको बैठकमा मन्त्री किरातीले अन्तर्राष्ट्रिय सफल अभ्यासअनुरुप अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनमा सार्वजनिक–निजी साझेदारी (पिपिपी) मोडलमा अघि बढाउनेगरी बहस भइरहेको उल्लेख गरे ।

समितिको बैठकमा मन्त्री किरातीले निर्माण भइसकेका अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक उडान प्रभावकारी सञ्चालनका लागि पहल भइरहेको जानकारी दिए । उनले भने, “अब, हामीले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल पनि निर्माण गर्ने, काठमाडौँसहित भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई नयाँ ढङ्गले सञ्चालनका लागि प्रक्रियामा अघि बढ्दैछ । चार वटै विमानस्थल पिपिपी मोडेलमा सञ्चालन गर्न छलफल भइरहेको छ । हामी  सोहीलाई आधार मानेर अगाडि बढ्दैछौँ ।”

पर्यटनमन्त्री किरातीले ठूलो लगानीमा निर्माण भएका अन्तर्राष्ट्रिय विमानस्थल घाम तापेर बसिरहेको तथा आन्तरिक २२ वटा विमानस्थल गौचरनको रुपमा परिणत भएको उल्लेख गरे । उनले काठमाडौँ विमानस्थल जति विस्तार गरे पनि अबको आठ/दश वर्षपछि उडान चाप धान्न नसक्ने भएकाले विकल्पको रुपमा निजगढ अन्तर्राष्ट्रिय विमानस्तथल निर्माण गर्नुपर्ने बाध्यता रहेकाले निजगढ विमानस्थल निर्माणको प्रक्रिया पनि अगाडि बढाइने जानकारी दिए ।

बैठकमा पर्यटनमन्त्री किराती र मन्त्रालयका सचिव डा दीपक काफ्लेले मन्त्रालयअन्तर्गत निकायको कार्यप्रगति तथा पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले सम्पदा संरक्षण र प्रवद्र्धनमा भएका गतिविधिबारे समितिलाई जानकारी गराएका थिए ।

सांसदहरु नरबहादुर विष्ट, गोमादेवी तिमील्सिना, नरपति लुहारलगायतले नारायणहिटी दरबार सङ्ग्रहालयलाई व्यवस्थित गर्न, पुरातात्विक वस्तुको जगेर्ना गर्न माग गरे ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै