दाङ । दाङमा बर्दियाबाट वनभोजका लागि आएका यात्रु बोकेको बस दुर्घटना हुदा २५ जना घाइते भएका छन् ।
आइतबार आज बिहान ७ बजे बर्दियाबाट दंगीशरण – ३ स्थित थारु संग्रालय रहेको चखौरामा वनभोजका लागि आउँदै गरेको भे १ ख २०४१ नम्बरको बस राप्ती राजमार्ग अन्तर्गत अमेलिया–तुलसीपुर सडक खण्डको झञ्ज्याङ नजिकै दुर्घटना भएको प्रहरीले जनाएको छ ।
घटनामा २५ जना घाइते भएको जसमा केहि गम्भीर रहेको प्रहरीले जनाएको छ ।
घाइतेको अहिले तुलसीपुरस्थित राप्ति प्रादेशिक अस्पताल र गम्भीर घाइतेलाई कोहलपुर पठाइएको प्रहरीले जनाएको छ ।