• २०८१ जेठ ६ आइतबार

रजत जयन्ती मनाउदै प्राधिकरण, एक बर्षमा ३ अर्ब ४९ करोड मुनाफा कमायो

kharibot

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले आफ्नो स्थापनाको २५औं बर्ष पुरा गरेको छ । २०५५ सालमा स्थापना भएको नागरिक उड्डयन प्राधिकरणले आज आफ्नो २५औं रजत जयन्ती मनाइरहेको छ ।

नागरिक उड्डयन प्राधिकरणको २५औँ वार्षिकोत्सव कार्यक्रममा महानिर्देशक प्रदीप अधिकारीले प्राधिकरण आर्थिक अवस्थाको जानकारी दिएका छन् । 

उनले पछिल्लो एक वर्षमा प्राधिकरणको सबै खर्च कटाएर खुद सञ्चालन मुनाफामा ३ अर्ब ४९ करोड १५ लाख रहेको बताएका छन् । उनले प्राधिकरणको आय एड्ओटिकलतर्फ ११ अर्ब ७२ करोड १७ लाख तथा नन्एड्ओटीकलतर्फ १ अर्ब ७८ करोड ८६ लाख गरी जम्मा १३ अर्ब ५१ करोड ३ लाख आम्दानी भएको बताए । 

 त्यस्तै प्राधिकरणको पुँजीगत खर्च तर्फ ७ अर्ब ४४ करोड ३८ लाख, कार्यसञ्चालन खर्चतर्फ ४ अर्ब २२ करोड ९९ लाख ,आयकर तथा अन्य खर्च ४ अर्ब १५ करोड ५ लाख गरी १५ अर्ब ८२ करोड ८३ लाख खर्च भएको उनले जानकारी दिएका छन् । 

प्राधिकरण स्थापनाको पछिल्लो २५ वर्षमा हवाई उडान १९२ प्रतिशतले वृद्धि भएको बताउदै उनले हवाई उडानमा यात्राहरूको सङ्ख्या पनि ३६४ प्रतिशत र कार्गो पनि १०० प्रतिशतले वृद्धि भएको आँकडा प्रस्तुत गरेका छन् ।

सन् २०२३ को अन्त्यमा आइपुग्दा ३ अन्तर्राष्ट्रिय विमानस्थलसहित आन्तरिक विमानस्थलको सङ्ख्या ५५ पुगेको छ । करोनाका कारण आर्थिक रूपमा धराशायी हुन पुगेको उड्डयन क्षेत्र २०२२ मा सुधारोन्मुख हुँदै चालु अवस्थामा पुरानै अवस्थामा फर्किएको देखिएको छ ।

सन् २०२२ को नोभेम्बरसम्ममा त्रिभुवन र भैरहवा दुई वटा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय हवाई यात्रा गर्ने हवाई यात्रुको सङ्ख्या २९ लाख ४५ हजार ५ सय ४० रहेकोमा सन् २०२३ नोम्बेम्बरसम्ममा ३ वटा अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाई उडानमार्फत यात्रा गर्ने यात्रुको सङ्ख्या ४१ लाख ५४ हजार ३९३ पुगेको महानिर्देशक अधिकारीले जानकारी दिएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै