• २०८१ बैशाख १७ सोमबार

प्राधिकरणको एक्सन: रामेछाप विमानस्थल प्रमुख निलम्बित, ताराका दुई पाइलटको लाइसेन्स सस्पेन्ड

kharibot

काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणले रामेछाप विमानस्थलका प्रमुखलाई निलम्बन गरेको छ । प्राधिकरणले विमानस्थल प्रमुख अशोक थापालाई अर्को सूचना नभएसम्मका लागि निलम्बन गरेको जानकारी दिएको छ । 

रामेछाप विमानस्थलमा तारा एयरका दुई पाइलटबीचको झगडामा थापाले घटनाबारे तत्कालै जानकारी नगराएका भन्दै प्राधिकरणले निलम्बन गरेको हो ।

साथै प्राधिकरणले तारा एयरका दुई पाइलटको लाइसेन्स पनि अर्को सूचना नभएसम्मका लागि सस्पेन्ड गरेको छ । विमानस्थलको सुरक्षा पालना नगरेको भन्दै प्राधिकरणले लाइसेन्स सस्पेन्ड गरेर यो विषयको अनुसन्धान थालेको जानकारी दिएको छ ।

शुक्रबार बिहान ८:०० बजे लुक्लाबाट रामेछाप उडान गरेका र रामेछापबाट लुक्ला उडान गर्ने तयारीमा रहेका तारा एयरका दुई पाइलटले रामेछाप विमानस्थलमा झगडा गरेका थिए । अनुसन्धानमा दोषी पाइएमा उनीहरुको लाइसेन्स रद्ध समेत हुन सक्ने नियम रहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय