• २०८१ बैशाख २६ बुधबार

वार्नरले लिए एकदिवसीय र टेस्ट क्रिकेटबाट सन्यास

kharibot

काठमाडौँ । अस्ट्रेलियाका विस्फोटक ब्याट्सम्यान डेभिड वार्नरले एकदिवसीय र टेस्ट क्रिकेटबाट सन्यास लिएका छन् । वार्नरले पाकिस्तानविरुद्धको जनवरी ३ बाट हुने टेस्ट आफ्नो अन्तिम टेस्ट हुने घोषणा गरेका हुन् ।

क्रिकेट अस्ट्रेलियाले वार्नरको सन्यासको पुष्टि गरेको छ । साथै वार्नरले एकदिवसीय क्रिकेटबाट सन्यास लिएपनि २०२५ मा हुने च्याम्पियन्स ट्रफीमा टिमलाई आवश्यक परेमा र आफुले राम्रो क्रिकेट खेलिरहेमा उपलब्ध हुने समेत बताएका छन् ।

वार्नरले आफु टी-२० खेल भने खेलिरहने बताएका छन् । उनले ती - २० का फ्रेन्चाईज क्रिकेटमा आफ्नो ध्यानकेन्द्रित गर्न एकदिवसीय र टेस्ट क्रिकेट छोडेको बताएका छन् ।

वार्नर टी- २० विश्वकपमा अस्ट्रेलियाका लागि खेल्न सक्ने छन् भने हाल बिग बास लिगमा सिड्नी थण्डर्सका लागि खेलिरहेका छन् । त्यस्तै उनी आइएलटी-२० मा दुबई क्यापिटल्सका लागि खेल्ने छन् । त्यस्तै आइपिएलमा उनी हाल दिल्ली क्यापिटल्समा रहेका छन् ।

वार्नरले एकदिवसीयमा १६१ खेलमा २२ शतक र ३३ अर्धशतकसहित ६ हजार ९३२ रन बनाएका छन् । त्यस्तै टेस्टमा १११ खेलमा २६ शतक र ३६ अर्धशतकसहित ८ हजार ६९५ रन बनाएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै