• २०८१ बैशाख २१ शुक्रबार

डेनमार्ककी महारानीले छोडिन राजगद्धी

kharibot

काठमाडौँ । डेनमार्ककी महारानी मारग्रेथ द्वितीयले राजगद्धी छोडेकी छन् । ५२ बर्षसम्म डेनमार्कको महारानी रहेकी ८३ बर्षिय मारग्रेथले जनवरी १४ देखि आफ्नो राजगद्धी छोड्ने घोषणा गरेकी हुन् । नयाँ बर्षको शुभकामना दिदै महारानीले यस्तो घोषणा गरेकी हुन् ।   

उनी आफ्नो बुबा राजा फ्रेडरिक नवौं को मृत्यु पछि १४ जनवरी १९७२ मा महारानी बनेकी थिइन् । उनले ५२ वर्षपछि यो पद छोड्दैछिन् । बेलायतकी महारानी एलिजाबेथ द्वितीय पछि, रानी मारग्रेथ द्वितीयलाई युरोपमा दोस्रो सबैभन्दा लामो समय शासन गर्ने महारानीको रूपमा चिनिन्छन् ।

८३ वर्षीया रानी मारग्रेथको फेब्रुअरी २०२३ मा ढाडको शल्यक्रिया गरिएको थियो । त्यसपछि उनले पद छाड्ने विचार गरेको बताइएको छ । सम्बोधनमा उनले भनिन्- 'ढाडको शल्यक्रियापछि भविष्यका बारेमा सोच्ने समय पाएको छु । अब छोरालाई मुकुटको जिम्मेवारी सुम्पने बेला आएको महसुस गर्न थालेको छु । मैले निर्णय गरेको छु कि जनवरी १४, २०२४ मेरो छोरालाई पद छोड्ने र जिम्मेवारी सुम्पने सही समय हुनेछ ।'

अब उनका ५५ बर्षिय छोरा राजकुमार फ्रेडेरीक डेनमार्कको नयाँ राजा हुने भएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै