• २०८१ बैशाख १५ शनिबार

दाङमा यात्रुवाहक बसको ठक्करबाट बालकको मृत्यु

kharibot

देउखुरी (दाङ) । घोराही तुलसीपुर सडक खण्डमा यात्रुवाहक बसले विद्यालयबाट घर फर्किरहेको बालकलाई ठक्कर दिँदा उनको घटनास्थमै मृत्यु भएको छ ।

तुलसीपुरबाट घोराहीतर्फ आइरहेको भे१ख ३६९७ नंको बसले आज दिउँसो तुलसीपुर उपमहानगरपालिका–१७ दूधरासमा ८ वर्षीय  उत्तम चौधरीलाई ठक्कर दिएको थियो । 

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता जनकबहादुर मल्लले ठक्कर दिने बसलाई नियन्त्रणमा लिएको र चालकको खोजी भइरहेको जानकारी दिए । घटनापश्चात् स्थानीयले सो सडक अवरुद्ध गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै