• २०८१ बैशाख १५ शनिबार

ओटीटी प्लेटफर्मले बलिवुडलाई तानेको बर्ष २०२३

kharibot

काठमाडौँ । बलिवुडमा कोरोनापछि परिवर्तन भएको मनोरंजनको शैली २०२३ मा पनि कायमै रहेको छ ।  अहिले दर्शकहरु फिल्म हेर्न हलसम्म जाने भन्दा ओटीटी प्लेटफर्महरुमा नै फिल्म र वेब सिरिजहरू हेर्न रुचाउँछन् । नेटफ्लिक्स देखि अमेजन प्राइम, जी ५, जियो सिनेमा, सोनी लिभ जस्ता ओटीटी प्लेटफर्ममा दर्शकको विशेष आकर्षण देखिएको छ ।

विगत केही वर्ष झैँ यस वर्ष पनि ओटीटीमा यस्ता धेरै वेब सिरिज र फिल्म रिलिज भएका छन् जसको वर्षभर चर्चा भएको छ ।

शाहिद कपूरको सिरिज ‘फर्जी’ होस् वा करीना कपूर खानको फिल्म ‘जाने जान’, राजुकमार रावको क्राइम ड्रामा सिरिज ‘गन्स एण्ड रोज’ होस् वा मनोज बाजपेयीको ‘सिर्फ एक बन्द काफी है’, यस्ता धेरै प्रोजेक्ट यस वर्ष ओटीटीमा हिट रहे । 

चाखलाग्दो कुरा के छ भने, यस वर्ष ३० भन्दा बढी हिन्दी फिल्महरू थिएटरको सट्टा ओटीटीमा सिधै रिलिज भएका थिए । जान्हवी कपूर, यामी गौतम, रश्मिका मन्डन्ना, सिद्धार्थ मल्होत्रा, करीना कपूर खान, वरुण धवन जस्ता धेरै स्टारका फिल्महरू सीधै ओटीटीमा आएका थिए । वेब सिरिजको कुरा गर्ने हो भने काजोल, शाहिद कपूर, अनिल कपूर, आदित्य रोय कपुर जस्ता धेरै बलिउड स्टारहरूले यो वर्ष सिरिज मार्फत आफ्नो ओटीटी डेब्यू गरेका छन् ।

अहिले ओटीटी प्लेटफर्मको दायरा द्रुत रूपमा विस्तार हुँदैछ, मनोरञ्जन उद्योगका धेरै ए सूचीका कलाकारहरूले २०२३ मा ओटीटी डेब्यू गरे । यसअघि ठूला स्टारहरू ओटीटीमा प्रयोग गर्न डराउँथे । अब वेब सिरिज र ओटीटी फिल्महरूको आकर्षण र व्यापक संलग्नताको साथ, यी स्टारहरुले अब नयाँ अवधारणाहरूको हिस्सा बन्न उत्सुक देखिएका छन् ।
यी २०२३ मा ओटीटी मा सबैभन्दा धेरै हेरिएको वेब सिरिज: 

फर्जी - शाहिद कपूर र विजय सेतुपति स्टारर सिरिज 'फर्जी' ले दर्शकको मन र दिमागमा आफ्नो छाप छोड्यो र सबैभन्दा बढी हेरिने सिरिज बन्न पुग्यो । यो सिरिज अमेजन प्राइममा रिलिज गरिएको थियो ।

गन्स एन्ड गुलाब्स - राज र डीके द्वारा निर्मित र निर्देशित ब्ल्याक कमेडी क्राइम थ्रिलर शृंखला 'गन्स एण्ड गुलाब्स' ९० को दशकमा आधारित थियो । राजकुमार राव र दुल्कर सलमान अभिनित यो सिरिजले दर्शकको धेरै माया पायो । यो सिरिज नेटफ्लिक्समा रिलिज भएको थियो ।

द नाइट म्यानेजर - अनिल कपूर र आदित्य रोय कपुर अभिनीत यो वेब सिरिजलाई फ्यानहरूले धेरै मन पराएका थिए । यो अमेजन प्राइममा रिलिज भएको थियो ।

कोहरा– रणदीप झा निर्देशित ‘कोहरा’ एक एनआरआईको मृत्युको अनुसन्धानमा आधारित सिरिजलाई पनि दर्शकले निकै मन पराएका थिए । यो नेटफ्लिक्समा रिलिज गरिएको थियो ।

असुर- २ - अरशद वारसी र बरुण सोब्ती स्टारर यो सिरिज रहस्य र सस्पेन्सले भरिएको छ । जियो सिनेमामा रिलिज गरिएको यो सिरिजलाई पनि दर्शकले अत्यन्त मन पराएका थिए । 

राणा नायडू – साउथ सिनेमाका चर्चित स्टार राणा दग्गुबातीको यो वेब सिरिजलाई निकै मन पराइएको थियो । नेटफ्लिक्समा रिलिज यस सिरिजमा उनले वेंकटेशसँग स्क्रिन सेयर गरेका छन् ।

दहाड- यस सिरिजमा अभिनेत्री सोनाक्षी सिन्हाले पुलिस इन्स्पेक्टरको भूमिका निभाएकी छिन् भने विजय वर्मा खलनायकको भूमिकामा देखिएका छन् । यो सिरिज अमेजन प्राइममा रिलिज भएको थियो । 

सास बहू और फ्लेमिङ्गो – डिज्नी प्लस हटस्टारमा रिलिज डिम्पल कपाडियाको यो धेरै चर्चामा रहेको वेब सिरिजलाई दर्शकले निकै रुचाएका थिए ।

स्कूप– नेटफ्लिक्समा रिलिज गरिएको करिश्मा तन्ना र हरमन बावेजा अभिनित यो सिरिज निकै मन पराइएको थियो । यो सिरिज एक क्राइम पत्रकारको जिवानीमा आधारित छ ।  

ओटीटी २०२३ मा धेरै हेरिएका फिल्ममा नेटफ्लिक्समा रिलिज गरिएको लस्ट स्टोरीज २ - फिल्म वासना र घनिष्टताले भरिएको ४ कथाहरू थिए, जसमा तमन्ना भाटिया, काजोल, मृणाल ठाकुर र नीना गुप्ता जस्ता अभिनेत्रीहरू महत्त्वपूर्ण भूमिकामा देखिएका थिए । त्यस्तो डिज्नी प्लस हटस्टारमा रिलिज गरिएको करिना कपूर अभिनीत जाने जान फिल्म रहस्य उपन्यास 'द डिभोसन अफ सस्पेक्ट एक्स' मा आधारित छ ।  त्यस्तै नेटफ्लिक्समा रिलिज भएको सिद्धार्थ मल्होत्राको मिशन मजनु पाकिस्तानको माटोमा भारतको सबैभन्दा महत्त्वपूर्ण अपरेशनमा आधारित छ । त्यस्तै अमेजन प्राइममा रिलिज गिरएको वरुण धवन र जान्हवी कपूर स्टारर बबाललाई पनि दर्शकले निकै रुचाएका थिए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै