• २०८१ बैशाख १६ आइतबार

रियल म्याड्रिड कोपा डेल रेको राउण्ड १६ मा

kharibot

काठमाडौँ । रियल म्याड्रिड स्पेनिस कोपा डेल रे को राउण्ड १६ मा पुगेको छ ।

गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले अरान्डिनालाई ३-१ गोल अन्तरले पराजित गर्दै यस सिजनको कोपाक डेल रे को राउण्ड १६ मा पुगेको हो ।

रियल म्याड्रिडको जितमा जेसेलु, ब्राहिम डियाज र रोड्रीगोले एक एक गोल गरेका थिए । त्यस्तै अरान्डिनाका लागि एक गोल रियल म्याड्रिडका नाचोले आत्मघाती गोल गरेका थिए ।

योसँगै अहिलेसम्म यस सिजनको कोपा डेल रे को राउण्ड १६ मा रियल म्याड्रिडसँगै आल्भेज, एटलेटिको म्याड्रिड, गेटाफे, गिरोना र रायो भेल्लेकानो पुगिसकेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै