• २०८१ बैशाख १६ आइतबार

दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालद्वारा राजीनामा

kharibot

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

प्राधिकरणमा विभिन्न विषयमा विवादहरू उत्पन्न भइरहेका बेला प्राधिकरणका अध्यक्ष खनालले मङ्गलवार अकस्मात राजीनामा दिएका हुन् ।  स्रोतका अनुसार मङ्गलवार अध्यक्ष खनालले सञ्चारमन्त्री रेखा शर्मा समक्ष राजीनामा बुझाएका छन् । 

अध्यक्ष खनाल २०७६ साउनबाट प्राधिकरणको जिम्मेवारीमा आएका थिए । पछिल्लो समय टेरामक्स, एमडीएमएस, रेडियो नेपालको जग्गा खरिदबिक्री प्रक्रिया आदि विषयमा विभिन्न खालका विवादहरू बढ्दै गएपछि खनालले राजीनामा दिएको बुझिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै