• २०८१ बैशाख १६ आइतबार

राशिद खान भारतविरुद्धको सिरिजमा नखेल्ने

kharibot

काठमाडौँ । अफगानिस्तानका स्टार अलराउन्डर राशिद खानले भारतविरुद्धको टी–२० सिरिज नखेल्ने भएका छन् ।

टोलीका कप्तान इब्राहिम जाद्रानले राशिद यस सिरिजका लागि फिट नभएको पुष्टि गरेका छन् । भारत र अफगानिस्तानबीचको टी–२० सिरिज बिहीबारदेखि सुरु हुँदैछ । पहिलो खेल मोहालीको आइएस बिन्द्रा स्टेडियममा हुनेछ ।

राशिदले दुई महिनाअघि ढाडको शल्यक्रिया गरेका थिए । उनी टोलीसँग चण्डीगढ पुगे र केही समय बलिङ पनि गरेपनि यस सिरिजमा खेल्नका लागि फिट नभएको र उनलाई म्याच फिट हुन अझै केही समय लाग्ने कप्तान जाद्रानले बताए ।

भारत र अफगानिस्तानबीचको यस सिरिजका खेल जनवरी ११ मा पहिलो, जनवरी १४ मा दोस्रो र जनवरी १७ मा तेस्रो खेल हुने तालिका रहेको छ ।
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै