• २०८१ बैशाख १९ बुधबार

भिजिट भिसालाई व्यवस्थित बनाइदै

kharibot

काठमाडौँ । भिजिट भिसामा विदेश प्रस्थानको विद्यमान अवस्थालाई पुनर्विचार गरी थप सहजीकरण र व्यवस्थित गरिने भएको छ । 

विहिबार गृह मन्त्रालयमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीसहित गृह, परराष्ट्र, शिक्षा, विज्ञान तथा प्रविधि र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव र सम्बद्ध पदाधिकारीको बैठकले उक्त निष्कर्ष निकालेको हो । 

बैठकले यसबारे छिट्टै नयाँ निर्णय गर्नुपर्ने आवश्यकता रहेको र त्यसका लागि प्रधानमन्त्रीसँगको परामर्श एवम् निर्देशनपश्चात् अन्तिम निर्णय गरिने निष्कर्ष निकालेको छ ।

बैठकमा प्राप्त सुझावसहित आवश्यक प्रस्तावको तयारी गर्न गृहमन्त्री श्रेष्ठले अध्यागमन विभागलाई निर्देशन दिएका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै