• २०८१ बैशाख २७ बिहीबार

पाकिस्तानविरुद्धको टी- २० सिरिजमा न्यूजील्याण्डको विजयी शुरुवात

kharibot

काठमाडौँ । न्यूजील्याण्डले पाकिस्तानविरुद्धको टी- २० सिरिजमा विजयी शुरुवात गरेको छ । शुक्रबार सम्पन्न सिरिजको पहिलो खेलमा न्यूजील्याण्डले पाकिस्तानलाई ४६ रनले पराजित गर्दै विजयी शुरुवात गरेको हो ।

न्यूजील्याण्डले दिएको २२७ रनको लक्ष्य पछाएको पाकिस्तानले १८ ओभरमा १८० रन बनाएर अलआउट भएको थियो । पाकिस्तानका लागि बाबर आजमले सर्बाधिक ५७ रन बनाए भने सैम आयुबले २७, मोहमद रिजवानले २५, इफ्तिखार अहमदले २४ रनको योगदान दिएका थिए । त्यस्तै न्यूजील्याण्डका बलर टिम साउथीले सर्बाधिक ४ विकेट लिए भने एडम मिल्ने र बेन सीयर्सले २-२ तथा इश सोढीले एक विकेट लिएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको घरेलु टोली न्यूजील्याण्डले २० ओभरमा ८ विकेट गुमाउदै २२६ रन बनाएको थियो । न्यूजील्याण्डका लागि डार्यल मिचेलले सर्बाधिक २७ बलमा ६१ रन बनाएका थिए भने कप्तान केन विलियम्सनले ५७ रन बनाएका थिए । त्यस्तै फिन एलनले ३४, तथा मार्क चापम्यानले २६ रनको योगदान दिएका थिए । त्यसैगरी पाकिस्तानका बलर कप्तान शाहीं शाह अफ्रिदी र अबाब्स अफ्रिदीले ३-३ विकेट लिए भने हरिस राउफले २ विकेट लिएका थिए ।

योसँगै ५ खेलको टी- २० सिरिजमा न्यूजील्याण्डले १-० को अग्रता लिएको छ । अब सिरिजको दोस्रो खेल आइतबार हुने छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै