• २०८१ बैशाख १५ शनिबार

एनिमल सुपरहिट भएपछि रणवीरले दोब्बर बढाए पारिश्रमिक

kharibot

काठमाडौँ । फिल्म एनिमल सुपरहिट भएपछि अभिनेता रणवीर कपूरले आफ्नो पारिश्रमिक बढाएका छन् । गत डिसेम्बर १ मा रिलिज भएको एनिमलले भारतीय बक्सअफिसमा मात्र ५५४ करोड कमाई गरिसकेको छ ।

एनिमल बलिवुडको अल टाइम धेरै कमाइ गर्ने फिल्मको सूचीमा शाहरुख खानको जवानपछि दोस्रो स्थानमा पुगेको छ । २०२३ को सेप्टेम्बरमा रिलिज भएको जवानले ६४३ करोड कमाएको थियो ।

रिपोर्टका अनुसार एनिमलको सफलतापछि रणवीरले आफ्नो पारिश्रमिक ३० करोडबाट बढाएर ६५ करोड रुपैयाँ पुर्याएका छन् । 

यस अघि गदर- २ सुपरहिट भएपछि सन्नी देओलले आफ्नो पारिश्रमिक ८ करोडबाट बढाएर ५० करोड पुर्याएका थिए । गदर- २ ले बह्र्तीय बक्सअफिसमा ५२५ करोड कमाई गर्दै अल टाइम बढी कमाइ गर्ने फिल्मको सूचीमा चौथो स्थानमा रहेको छ । 

मिडिया रिपोर्टका अनुसार रणवीरको एनिमलले विश्वभर अहिलेसम्म ९१५ करोड भारु कमाइसकेको छ ।

एनिमलपछि रणवीरले अर्को फिल्मको औपचारिक घोषणा भने अहिलेसम्म गरेका छैनन् । तर उनले आगामी दिनमा २०२२ मा रिलिज भएको फिल्म ब्रह्मास्त्रको दोस्रो र तेस्रो भागमा काम गर्ने छन् भने उनले फिल्म रामायाणमा पनि काम गर्ने चर्चा छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै