• २०८१ बैशाख १५ शनिबार

सडक दुर्घटनाको कारण पत्ता लगाउन सरकारले बनायो कार्यदल

kharibot

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले हरेक दिन हुने सवारी दुर्घटनाको कारण पत्ता लगाउन पाँच सदस्यीय कार्यदल गठन गरेको छ ।

सडक दुर्घटनाबाट मानवीय, आर्थिक र भौतिक क्षति हुन थालेपछि मन्त्री प्रकाश ज्वालाले भौतिक र प्राविधिक पक्षका त्रुटि पत्तो लगाउन कार्यदल गठन गरेका छन् ।

नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस शुक्रबार राति दुर्घटना हुँदा ११ जनाले ज्यान गुमाएका थिए भने थानकोट चित्लाङमा भएको दुर्घटनामा पाँच जनाको ज्यान गएको थियो । त्यसैगरी शनिबार बागलुङको बुर्तिबाङबाट ढोरपाटन जाँदै गरेको जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको थियो । दुई दिनभित्र १९ जनाको ज्यान गएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भौतिक तथा प्राविधिक त्रुटि पत्ता लगाउन कार्यदल गठन गरेको हो ।

सडक दुर्घटनाका त्रुटि र कमजोरी पत्ता लगाउन मन्त्रालयका पूर्वसचिव धनबहादुर तामाङको अध्यक्षतामा पाँच सदस्यीय कार्यदल गठन भएको छ ।

संघीय सडक सुपरिवेक्षण कार्यालय सुर्खेतका सुपरिटेन्डेन्ट इन्जिनियर श्यामबहादुर खड्का, सवारी अनुगमन मापदण्ड तर्जुमा र सवारी चालक व्यवस्थापन अन्तरप्रदेश समन्वय, अनुसन्धान शाखाका निर्देशक, प्रहरी प्रधान कार्यालय ट्राफिक महाशाखाका प्रतिनिधि र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सिडिई सुरेश श्रेष्ठ सदस्य सचिव रहने गरी कार्यदल गठन गरिएको छ।

कार्यदललाई विगत एक महिनामा भएका सवारी दुर्घटना, विगतमा भएका कार्यदलका प्रतिवेदन र स्थलगत अध्ययन गर्ने, सडक दुर्घटनाका कारण र पक्षको विश्लेषण गर्ने, सडक दुर्घटना न्यूनीकरण गर्न संस्थागत र प्राविधिक पक्षको विश्लेषण गर्ने गरी जिम्मेवारी दिइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै