• २०८१ बैशाख १६ आइतबार

माछापुच्छ्रे बैंकको खुद नाफा घट्यो, खराब कर्जा बढ्यो

kharibot

काठमाडौ । माछापुच्छ्रे बैंकको खुद नाफासँगै प्रमुख सूचकहरु घटेका छन् ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा बैंकको उक्त नाफाहरु घटेको हो । एक वर्षको अवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेको छ भने खराब कर्जा बढेको छ जसले खुद नाफा प्रभावित भएको हो ।

यसअवधिमा खुद नाफा २१.४५ प्रतिशतले घटेर ८० करोड ५३ लाख ८० हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १ अर्ब २ करोड ५२ लाख ६२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी ५.५६ प्रतिशतले घटेर २ अर्ब ६३ करोड ७४ लाख ९७ हजार रुपैयाँ, सञ्चालन नाफा १३.१९ प्रतिशतले घटेर १ अर्ब २७ करोड ९२ लाख ३३ हजार रुपैयाँमा सीमित र खराब कर्जा १.२१ प्रतिशतले बढेर २.६२ प्रतिशत पुगेको छ । 

यसैगरी, पुस मसान्तसम्म आइपुग्दा यस बैंकको वितरणयोग्य नाफा २४ करोड ६९ लाख ८६ हजार रुपैयाँ ऋणात्मक छ । चुक्ता पुँजी ११ अर्ब ६२ करोड १३ लाख ५७ हजार रुपैयाँ छ । प्रतिसेयर आम्दानी ३ रुपैयाँ ७८ पैसाले घटेर १३ रुपैयाँ ८६ पैसामा आएको छ । प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय