• २०८१ बैशाख १६ आइतबार

इराकसँग जापान स्तब्ध

kharibot

काठमाडौँ । इराकले जारी एशियन कपमा जापानमाथि रोमाञ्चक जित हासिल गरेको छ । शुक्रबार सम्पन्न समुह डी अन्तर्गतको खेलमा इराकले जापानलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

फिफा वरियतामा ६३औं स्थानमा रहेको इराकले हाल १७औं स्थानमा रहेको जापानलाई स्तब्ध बनाएको छ ।

इराकको जितमा आइमेन हुसैनले दुवै गोल गरेका थिए भने जापानका लागि खेलको ९३औं मिनेटमा वाटारु एन्डोले एक गोल फर्काएका थिए ।

यो जारी प्रतियोगितामा इराकको लगातार दोस्रो जित हो । समुह डीमा २ खेलमा ६ अंक हासिल गरेको इराक शिर्ष स्थानमा रहेको छ र राउण्ड १६ मा आफ्नो स्थान सुरक्षित गरेको छ ।  त्यस्तै जापानको भने २ खेलमा ३ अंक रहेको छ ।

अब समुह चरणको अन्तिम खेलमा जापानले आगामी बुधबार इन्डोनेसियाको सामना गर्ने छ भने इराकले भियतनामको सामना गर्ने छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै