काठमाडौँ । इन्टर मिलानले इटालियन सुपर कोपाको उपाधि जितेको छ ।
गएराती सम्पन्न फाइनल खेलमा इन्टर मिलानले नापोलीलाई १-० गोल अन्तरले पराजित गर्दै सुपर कोपाको उपाधि जितेको हो ।
इन्टर मिलानको जितमा खेलको ९१औ मिनेटमा लाउतारो मार्टिनेजले निर्णायक गोल गरेका थिए ।
इन्टर मिलानले योसहित लगातार तेस्रो बर्ष इटालियन सुपर कोपाको उपाधि जितेको छ ।
यो उपाधि सबैभन्दा बढी युभेन्टसले ९ पटक जितेको छ भने इन्टर मिलानले ८, एसी मिलानले ७ र लाजियोले ५ पटक जितेका छन् ।
इटालियन सुपर कोपा गत सिजनको लिग विजेता तथा उपविजेता तथा कोपा इटालियाको विजेता तथा उपविजेताबीच खेलिदै आएको छ ।