• २०८१ बैशाख १५ शनिबार

नापी कार्यालय ललितपुरका सर्भेक्षकसमेत तीन जना घुससहित पक्राउ

kharibot

काठमाडौं । नापी कार्यालय ललितपुरका नापी सर्भेक्षक रामविर यादवसमेत तीनजना घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले नापी सर्भेक्षक यादव,लेखापढी व्यवसायी दिनेश बन्जरा र विनोद अधिकारीलाई दुई लाख ५० हजार घुससहित मंगलबार नियन्त्रणमा लिएको हो ।

सेवाग्राहीसँग दुई लाख ५० हजार घुस लिइसकेको अवस्थामा ललितपुरको नापी कार्यालय परिसरबाट उनीहरूलाई नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिएका छन् ।

जग्गाको कित्ताकाँट गरी जग्गा धनी प्रमाण पूर्जा बनाउने प्रयोजनार्थ सेवाग्राहीसँग  घुस मागेको सूचना एवं उजुरीका आधारमा अनुसन्धान गर्ने क्रममा उनीहरू पक्राउ परेका हुन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै