• २०८१ बैशाख १६ आइतबार

सेक्युरिटी प्रेस र पेमेन्ट गेट-वे भ्रष्टाचार: सुनील पौडेल र विकल पौडेल अख्तियारको नियन्त्रणमा

kharibot

काठमाडौं । नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेल पक्राउ परेका छन् ।

गैरकानूनी सम्पत्तिआर्जनको अनुसन्धानको सिलसिलामा बयानका लागि बोलाउँदा उपस्थित नभएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुवैलाई पक्राउ गरेको हो ।

दुवै जनामाथि यसअघि भ्रष्टाचारमुद्दा दायर भइसकेको छ । उनीहरुमाथि गैरकानूनी सम्पत्तिआर्जनको उजुरी समेत परेको थियो । 

विकल पौडेलमाथि सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा अनियमितताको आरोपमा मुद्दा दायर भइसकेको छ भने सुनिलमाथि पेमेन्ट गेट–वे अनियमिततामा मुद्दा चलिरहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै