• २०८१ बैशाख २२ शनिबार

जापानमा एनिमेसन स्टुडियोमा आगजनी गरेर ३४ को हत्या गर्नेलाइ मृत्युदण्ड

kharibot

टोकियो। जापानको एक अदालतले बिहीबार एक ४५ वर्षीय पुरुषलाई २०१९ मा प्रख्यात क्योटो एनिमेसन स्टुडियोमा आगजनी गरेको आरोपमा मृत्युदण्डको सजाय सुनाएको छ ।

सो दुर्घटनामा परी २० वर्षमा देशको सबैभन्दा नराम्रो सामूहिक हत्याकाण्डमा  ३६ जना मारिएका थिए ।

प्रतिवादी शिन्जी आओबाले आफ्नो कामकाे चोरी भएको र त्यसको बदलामा स्टुडियोमा आगजनी गर्न पेट्रोल प्रयोग गरेको थिए । उनले त्याे कुरा स्विकार गरे पछि उनी माथी हत्या र आगजनी गरेको आरोपमा मुद्दा लगाइएको थियो।

जुन मुद्दामा उनलाई क्योटो जिल्ला अदालतले बिहीबार दोषी ठहर गरेको हो ।

सो आगलागीको समयमा दर्जनौं मानिस तीन तले भवन भित्र थिए, जुन यति छिटो फैलिएको थियो कि धेरैलाई भाग्ने समय नै पाएका थिएनन, प्रहरीले भन्यो ।

सो दुर्घटनामा परी मर्नेहरू सबै कर्मचारी थिए भने कम्तिमा ३२ जना घाइते भएको एनएचकेले जनाएको छ ।

आफ्नो फैसलामा अदालतको अध्यक्षता न्यायाधीश केइसुके मसुदाले आओबाको अपराधलाई एकदमै क्रूर र अमानवीय भएको जनाएका छन । 

‘पिडितहरूको मृत्यु धेरै गम्भीर र दुखद थियो,’ मसुदाले स्टुडियोलाई कसरी आगो र धुवाँले घेरेको भन्ने बिषयको बर्णन गर्दै भनेका छन ।

उनले दोस्रो विश्वयुद्द पछि जापानी इतिहासमा सबैभन्दा क्रुर सामुहिक हत्याको संज्ञा पनि दिएका छन । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै