• २०८१ बैशाख १६ आइतबार

तेन्जिङ नोर्गे शेर्पा खुल्ला आरोहण प्रतियोगिता हुने

kharibot

प्रतिनिधि तस्बीर

काठमाडौँ । पर्वतारोहण खेलको प्रवद्र्धन गर्ने उद्देश्यले पहिलोपटक तेन्जिङ नोर्गे शेर्पा खुल्ला आरोहण प्रतियोगिता आयोजना हुने भएको छ ।

बौद्धस्थित क्रिम्पान्जी एडभेन्चर हबमा यही माघ १५ गते आरोहण प्रतियोगिता (टप रोप इडिसन) हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । युएस नेपाल क्लाइम्बर्स एसोसिएसनले नेसनल माउन्टेन गाइड एसोसिएसनसँगको सहकार्यमा तेन्जिङ नोर्गे शेर्पाका नाममा उक्त प्रतियोगिता गर्न लागेको हो ।

एसोसिएसनका पूर्वसंस्थापक अध्यक्ष सेराप जाङ्बु शेर्पाले आरोहणको खेललाई प्रवद्र्धनसँगै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आरोहण प्रतियोगिता आयोजना गर्न लागिएको बताए । उनले यस प्रतियोगिताले आरोहण क्षेत्रमा रुचि राख्नेलाई अझ प्रोत्साहन गर्ने विश्वास व्यक्त गरे ।

“हामीले अमेरिकामा पनि टप रोप एडिसन आयोजना गर्दै आएकाले यसपटक आफ्नै देश नेपालमा प्रतियोगिता गर्न लागेका छौँ, यसबाट साहसिक पर्यटन प्रवद्र्धन हुने विश्वास लिएका छौँ”, पूर्वअध्यक्ष शेर्पाले भने ।

कार्यक्रमले प्रतिस्पर्धामात्र होइन, आरोहण संस्कृति, सौहाद्र्रता र तेन्जिङ नोर्गे शेर्पाको अटल भावनाको उत्सवको पनि प्रतिज्ञा गरिएको कार्यक्रमका संयोजक तथा नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनका महासचिव छिरिङ जाङबु शेर्पाले बताए । उनले भने, “यो प्रतियोगितामात्र होइन प्रतिष्ठित तेन्जिङ नोर्गे शेर्पाप्रति श्रद्धाञ्जलि पनि हो ।”

उक्त प्रतियोगिता पुरुष र महिलाबीच छुट्टाछुट्टै प्रतिस्पर्धा हुनेछ । पहिलो, दोस्रो र तेस्रो हुनेलाई नगद पुरस्कार र हेङ्गिङ ब्याच प्रदान गरिने आयोजकले जनाएको छ । सन् १९५३ मे २९ तारिखका दिन नेपालका तेन्जिङ नेर्गे शेर्पा र न्यूजिल्यान्डका सर एडमन्ड हिलारीले विश्वको सर्वोच्च शिखर सगरमाथाको पहिलो आरोहण गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै