• २०८१ बैशाख १६ आइतबार

एशिया कपको राउण्ड १६ को समीकरण पुरा, को को पुगे ?

kharibot

काठमाडौँ । जारी एशियन कपको राउण्ड १६ को समीकरण पुरा भएको छ । गएराती सम्पन्न समुह चरणका खेलपछि एशियन कपको राउण्ड १६ मा पुग्ने १६ देशको टुंगो लागेको हो ।

राउण्ड १६ मा ६ समुहका विजेता र उपविजेताले आफ्नो स्थान सुरक्षित गरेका छन् भने सबै समुहका तेस्रो हुने देशहरु मध्ये शिर्ष चार देशले पनि राउण्ड १६ मा आफ्नो स्थान सुरक्षित गरेका छन् ।

जसमा समुह ए बाट आयोजक कतार र ताजकिस्तान, समुह बी बाट अस्ट्रेलिया र उज्बेकिस्तान, समुह सी बाटइरान र युएई, समुह डी बाट इराक र जापान, समुह ई बाट बहराइन र दक्षिण कोरिया र समुह एफ बाट साउदी अरेबिया र थाइल्याण्ड समुह विजेता र उपविजेता हुदै राउण्ड १६ मा पुगेका छन् ।

त्यसैगरी तेस्रो हुने देशहरुबाट शिर्ष चारमा रहेका समुह इ बाट जोर्डन, समुह सी बाट प्यालेस्टाइन, समुह बी बाट सिरिया र समुह डी बाट इन्डोनेसियाले पनि राउण्ड १६ मा आफ्नो स्थान सुरक्षित गरेका छन् ।

अब राउण्ड १६ का खेलहरु नकआउट खेल हुने छन् । राउण्ड १६ का खेलहरु जनवरी २८, २९, ३० र ३१ मा हुने छन् ।

राउण्ड १६ मा अस्ट्रेलियाले इन्डोनेसियाको सामना गर्ने छ भने ताजकिस्तानले युएईको सामना गर्ने छ । त्यस्तै इराकले जोर्डनको सामना गर्ने छ भने  आयोजक कतारले प्यालेस्टाइनको सामना गर्ने छ ।

त्यसैगरी उज्बेकिस्तानले थाइल्याण्डको सामना गर्ने छ भने साउदी अरेबियाले दक्षिण कोरियाको सामना गर्ने छ । त्यस्तै बहराइनले जापानको सामना गर्ने छ भने इरानले सिरियाको सामना गर्ने भएको छ ।
              
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै