• २०८१ बैशाख १६ आइतबार

२२ ठेकेदार कम्पनी कालोसूचीमा

kharibot

काठमाडौ । ठेक्का लिएर समयमा निर्माण कार्य सम्पन्न नगर्ने २२ कम्पनीहरु एकैपटक कालोसूचीमा परेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न निकायहरूका सिफारिसमा उक्त कम्पनीलाई कालोसूचीमा राखेको हो ।

नेपाल सरकारले सुचना जारी गदै कम्पनीहरु कालो सुचीमा परेको जनाएको हाे ।  कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा ९१० बमोजिम निर्माण कम्पनीलाई कालोसूचीमा राखेको जनाएको छ ।

जसमा ४ वटा निर्माण कम्पनीलाई ३ वर्ष, ५ निर्माण कम्पनीलाई २ वर्ष, ५ वटा निर्माण कम्पनीलाई डेढ वर्ष र अन्य ८ निर्माण कम्पनीलाई १ वर्षसम्मका लागि कालो सूचीमा राखिएको छ । कालोसूचीमा परेकाहरु सो अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद प्रकृयामा  भाग लिन पाउँदैनन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै