• २०८१ बैशाख १५ शनिबार

प्रधानसेनापति खुला म्याराथन फागुनमा

kharibot

काठमाडौँ। प्रधानसेनापति खुला म्याराथन तथा रन फर फन प्रतियोगिता–२०८० आगामी फागुनमा सञ्चालन हुने भएको छ ।

नेपाली सेनाको आयोजनामा सञ्चालन हुने नवौं संस्करणको उक्त प्रतियोगिता आगामी फागुनमा १९ गते सञ्चालन हुने भएको हो । 

नेपाली सेनाका महासेनानी प्रमोदकुमार थापाले प्रतियोगितमा विभिन्न पाँच विधाका स्पर्धामा प्रतिस्पर्धा हुने जानकारी दिए ।

उनका अनुसार प्रतियोगितामा ४२–१९५ किमीको म्याराथन, हाफ म्याराथन, १० किमी दौड, पाँच किमीको वाकाथन र सैनिक विद्यालयका छात्रछात्राका लागि पाँच किमीको दौड हुनेछ । 

महासेनानी थापाले प्रतियोगिताका लागि खेलाडी छनोट गरी अभ्यास गरिरहेको बताए ।

म्याराथनमा पुरुष खेलाडीले मात्र सहभागिता जनाउनेछन् भने अन्य विधाको खेलमा महिला तथा पुरुष खेलाडीले भाग लिनेछन् । 

म्याराथनमा पहिलो हुने खेलाडीले रू तीन लाखसहित एक थान यमाह कम्पनीको मोटरसाइकल पाउनेछन् ।

दोस्रोले रू दुई लाख, तेस्रोले रू एक लाख, चौथोले रू ५० हजार, पाचौंले रू ३० हजार, छैटौँले रू २५ हजार र सातौँ हुने खेलाडीले रू २० हजार पाउने आयोजकले जनाएको छ ।

सोही विधामा आठौँ हुने खेलाडीले रू १५ हजार, नवौँ हुने खेलाडीले रू १० हजार तथा १०औँ हुने खेलाडीले रू पाँच हजार पाउने छन् ।

हाफ म्याराथनतर्फ पहिलो दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः रू ७५ हजार, रू ५० हजार र रू ३५ हजार पाउनेछन् । पहिलो हुने खेलाडीले ७५ हजारसहित यमाह कम्पनीको मोटरसाइकल पाउनेछन् ।

त्यस्तै १० किमी दौडमा पहिलो दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः रू १० हजार, रू सात हजार र रू पाँच हजार पाउनेछन् ।

पाँच किमीको छात्रछात्रा दौडमा पहिलो हुनेले रू १० हजार, दोस्रोले रू सात हजार र तेस्रो हुने खेलाडीले रू पाँच हजार पाउनेछन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै