• २०८१ बैशाख १९ बुधबार

लुम्बिनी अन्तर्राष्ट्रिय म्याराथनमा पुन र श्रेष्ठ विजयी

kharibot

बुटवल । लुम्बिनी अन्तर्राष्ट्रिय म्याराथन अन्तर्गत पुरुषतर्फको म्याराथन उपाधि बाग्लुङका तीर्थ पुन र महिलातर्फको हाफ म्याराथनको उपाधि सन्तोषी श्रेष्ठले जितेकी छन् । 

पुनले निर्धारित ४२.१९५ किलोमिटरको दुरी २ घण्टा २० मिनेट ४९ सेकेन्डमा पार गरेका थिए । उनले उपाधिसँगै नगद ५ लाख रूपैयाँ, मेडल, ट्रफी तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।

त्यस्तै म्याराथन अन्तर्गत धावीका श्रेष्ठले निर्धारित २१.१ किलोमिटरको दुरी १ घण्टा १८ मिनेट ४५ सेकेन्डमा पुरा गर्दै दोस्रो संस्करणको लुम्बिनी म्याराथनको उपाधि जितेकी छन् । विजेता श्रेष्ठले २ लाख नगद मेडल, ट्रफी तथा प्रमाणपत्र प्राप्त गरेकी छन् । 

त्यस्तै पुरुषतर्फ दुरी २ घण्टा २१ मिनेट ११ सेकेन्डमा पार गर्दै नेपाली सेनाका खड्कबहादुर खड्का दोस्रो भए भने कर्णालीका दुर्गाबहादुर बुढाले २ घण्टा २२ मिनेट ४६ सेकेन्डमा दुरी पार गरेर तेस्रो भएका थिए । उनीहरुले क्रमश ३ लाख र २ लाख रुपैयाँ पाए । 

त्यस्तै महिलातर्फ हाफ म्याराथनमा नेपाली सेनाकी पुर्णराज्यलश्रमी न्यौपानेले १ घण्टा १९ मिनेट २१ सेकेन्डमा दुरी पार गर्दै दोस्रो र एपीएफकी पुष्पा भण्डारीले १ घण्टा २५ मिनेट १४ सेकेन्डमा दुरी पार गरेर तेस्रो भइन् । दोस्रो भएकी न्यौपानेलाई १ लाख ६० हजार तथा तेस्रो भएकी भण्डारीले १ लाख २० हजार नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।

विजेतालाई आयोजक नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, चिनियाँ राजदूत चेन सोङ, लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य, नेपाल पर्यटन बोर्डका सदस्य सचिव मणि लामिछाने र प्रदेश खेलकुद परिषद् लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराईले पुरस्कार वितरण गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै