• २०८१ बैशाख १६ आइतबार

इराकलाई हराउदै जोर्डन एशियन कपको क्वाटरफाइनलमा

kharibot

काठमाडौँ । जोर्डनले इराकलाई पराजित गर्दै जारी एशियन कपको क्वाटरफाइनलमा पुगेको छ ।

सोमबार सम्पन्न खेलमा जोर्डनले इराकलाई ३-२ गोल अन्तरले पराजित गर्दै एशियन कपको क्वाटरफाइनलमा पुगेको हो ।

२-१ ले पछि रहेको जोर्डनले ९० मिनेटपछिको अतिरिक्त समयमा २ गोल गरेर खेल जितेको थियो ।

जोर्डनका लागि याजन अल नैमात, याजन अल अरब र निजार अल रशदनले एक एक गोल गरेका थिए । त्यस्तै इराकका लागि साद नातिक र आयमेन हुसेइनले एक एक गोल गरेका थिए ।

यस खेलमा इराकका आयमेन हुसेइनले खेलको ७७औं मिनेटमा रातो कार्ड पाएपछि इराक १० खेलाडीमा सिमित भएको थियो ।

जोर्डनले अब क्वाटरफाइनलमा ताजकिस्तानसँग खेल्ने छ । त्यस्तै यस हारपछि इराक भने अब प्रतियोगिताबाट बाहिरिएको छ ।
     

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै