• २०८१ बैशाख २१ शुक्रबार

निर्माणाधीन घरको लिफ्टबाट खसेर पोखरामा इन्जिनियरको मृत्यु

kharibot

कास्की । पोखरा महानगरपालिका–६ लेकसाइडमा निर्माणाधीन घरको लिफ्टबाट खसेर एक इन्जिनियरको ज्यान गएको छ ।

लेकसाइडमा रहेको स्थानीय चिनीमाया भण्डारीको निर्माणाधीन घरको लिफ्टबाट खसेर पोखरा–८ रत्नचोकका ३७ वर्षीय इन्जिनियर प्रविण भट्टराईको ज्यान गएको हो ।

निर्माणाधीन घरको पाँचौँ तलामा तातोपानीको परीक्षण गर्न गएका भण्डारी लिफ्टबाट खसेर गम्भीर घाइते भएका थिए । घाइते भण्डारीको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै