काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले ओससुनालाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले ओसासुनालाई १-० गोल अन्तरले पराजित गरेको हो ।
बार्सिलोनाको जितमा भिटोर रकीले खेलको ६३औं मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
यो जितपछि बार्सिलोनाको २२ खेलमा ४७ अंक भएको छ र लिगमा चौथो स्थानमा रहेको छ ।
त्यसैगरी ओसासुनाको २२ खेलमा ३६ अंक रहेको छ र लिगमा १२औं स्थानमा छ ।