• २०८१ बैशाख १६ आइतबार

पुङ्गी खोलाको सौन्दर्यकरण र सीमाङ्कनको कार्य तीब्र

kharibot

भरतपुर । भरतपुरको मुख्य सहरी क्षेत्र भएर बघ्ने पुंगी खोलको सौन्दर्यको कार्य एक साथ अघि बढेको छ । करिब १० महिनाअघि सुरु भएको सीमाङ्कनको कार्य निरन्तरतामा छ भने पुङ्गी खोलाको दोभानबाट सौन्दर्यकरणको काम अघि बढिरहेको छ ।

खोलाको वडा ३, ४ मा पर्ने करिब ५ किलोमिटरको सीमाङ्कनको कार्य पुरा भइसकेको छ भने वडा नम्बर २, र ११ को एक किमिमा सीमाङ्कनको कार्य हुँदैछ ।

६ किलोमिटर लम्बाई रहेको पुङगी खोलाको चौडाई १० देखि ४० मिटरसम्म छ । वर्षातको समयमा काम गर्न असहज हुने भएकाले हिँउदको समयमै दुबै कार्यलाई तीब्रता दिइएको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले जानकारी दिइन् । भरतपुरको गौरवको आयोजनामा रहेको पुंगी खोला सौन्दर्यकरण गर्ने कार्यमा सकृय सहयोग गर्न प्रमुख दाहालले अनुरोध गरेकी छन् ।

सीमाङ्कनको कार्य र आयोजनाको बारेमा स्थानीयलाई सहजीकरण गर्न प्रमुख दाहाल फिल्डमै पुग्ने गरेकी छन् । प्रमुख दाहालले कुनै पनि काम असम्भव नहुने भएकाले यो कामलाई फत्ते पार्न पुंगी खोला संरक्षण समिति यो कार्यमा निरन्तर लागिरहेको बताइन् ।

आफ्नै कार्यकालमा संघ, प्रदेश र महानगरपालिकाको बजेटबाट काम पुरा गर्ने लक्ष्य पनि लिएको उनको भनाइ छ ।

पहिलो चरणको निर्माण कार्य अन्तर्गत पुंगीको दोभानबाट ३५० मिटर क्षेत्रमा सौन्दर्यकरणको काम गरिने छ । जसमा वृक्षरोपण, फुटरेल, रिटेनिङ्गवाला, रेलङिसहितको मर्निङ र इभिनिङवाक गर्न मिल्ने गरी संरचना निर्माण हुनेछन् ।

गरुयोजना अनुसार खोला किनारलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने छ । यहाँ पर्यटकले चिया, खाजा खाने स्टेशन, विश्रमस्थल, खुला व्यामशाला पनि रहने छ ।

पुंगी खोला र केरुङ् खोलाको सौन्दर्यकरण गर्ने कार्य महानगरको ढल व्यवस्थापनका लागि महत्वपूर्ण आयोजना हो ।

बढ्दो सहरीकरणले भरतपुरमा वर्षातको समयमा आकाशे पनि व्यवस्थापनमा समस्या देखिएपछि पुंगी र केरुङ्गा खोलाको सौन्दर्यकरण र व्यवस्थापनमा महानगर निरन्तर अघि बढेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै