• २०८१ बैशाख १५ शनिबार

बलिवुड अभिनेत्री तथा मोडल पुनम पाण्डेको निधन

kharibot

काठमाडौँ । बलिवुड अभिनेत्री तथा मोडल पुनम पाण्डेको निधन भएको छ । उनको मृत्युको कारण पाठेघरको मुखको क्यान्सर भएको बताइएको छ ।

भारतीय मिडियाहरुले पाण्डेको मृत्युको खबर उनकी बहिनीले पुष्टी गरेकी छिन् । यसअघि उनकी प्रबन्धक निकिता शर्माले प्रेस नोट जारी गर्दै उनको निधनको जानकारी दिएकी थिइन् ।

मिडिया रिपोर्टका अनुसार पूनमको उनको गृहनगर कानपुरमा मृत्यु भएको थियो। अन्तिम संस्कार पनि त्यहीँ हुनेछ ।

फेब्रुअरी २ को बिहान, पूनमको इन्स्टाग्राम ह्यान्डलमा एक पोस्ट गरिएको थियो । जसमा लेखिएको छ– आजको बिहान हाम्रा लागि निकै कठिन सावित भएको छ । पाठेघरको मुखको क्यान्सरका कारण हामीले पुनमलाई गुमाउनु परेको जानकारी गराउँदा अत्यन्त दु:ख लागेको छ । हामी यस दुखद समयमा तपाईंको गोपनीयता अनुरोध गर्दछौं ।'

३२ बर्षिय पूनम पाण्डे २०११ मा एक बयानका कारण रातारात चर्चित भइन् । पूनमले भारतले विश्वकप जित्यो भने आफू नग्न हुने बताएकी थिइन् । भारतले विश्वकप जितेपछि पुनमको नामको निकै चर्चा भएको थियो ।

पुनमको जन्म कानपुरमा भएको थियो । उनले आफ्नो करियर मोडलको रुपमा सुरु गरेका थिए । यसपछि उनले सन् २०१३ मा फिल्म नशाबाट बलिउडमा डेब्यू गरेकी थिइन् । त्यसपछि उनी ‘आ गया हिरो’ र ‘द जर्नी अफ कर्मा’ जस्ता फिल्ममा देखिएकी थिइन् ।

पूनमले दुई वर्ष लिभ इन रिलेशनशिपमा रहेपछि सेप्टेम्बर १, २०२० मा साम बम्बेसँग विवाह गरेकी थिइन् । 

विवाह भएको एक महिना पनि नबित्दै पुनमले श्रीमानविरुद्ध घरेलु हिंसाको उजुरी दिएपछि प्रहरीले सामलाई हिरासतमा लिएको थियो । तर, केही दिनपछि पुनम र साम फेरि सँगै आए तर २०२१ मा फेरि छुट्टिएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै