• २०८१ बैशाख १५ शनिबार

जापानलाई हराउदै इरान एशियन कपको सेमिफाइनलमा

kharibot

काठमाडौँ । इरान एशियन कपको सेमिफाइनलमा पुगेको छ ।

शनिबार सम्पन्न क्वाटरफाइनल खेलमा इरानले जापानलाई २-१ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । इरानले खेलको ९६औं मिनेटमा पाएको पेनाल्टी गोल गर्दै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ ।

इरानको जितमा मोहमद मोहेबी र अलिरेजा जहानबख्शले एक एक गोल गरेका थिए । त्यस्तै जापानका लागि हिदेमासा मोरिटाले एक गोल गरेका थिए ।

अब इरानले सेमिफाइनलमा कतार र उज्बेकिस्तानबीचको विजेतासँग खेल्ने छ । त्यस्तै जापान भने यो हारपछि प्रतियोगिताबाट बाहिरिएको छ ।
 
  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै