• २०८१ बैशाख १७ सोमबार

मलेसियाली काराबास केन्द्रबाट भागेका ४१ रोहिङ्ग्या शरणार्थी पक्राउ

kharibot

क्वालालम्पुर । म्यानमारबाट आएका १३१ आप्रवासीले हिरासत केन्द्रमा तोडफोड गरी फरार रहेका ४० भन्दा बढी रोहिंग्या शरणार्थीलाई मलेसियाली प्रहरीले पुनः पक्राउ गरेको छ । उत्तरी पेराक राज्यको बिदोर अस्थायी अध्यागमन केन्द्रबाट भाग्नुअघि बिहीबार ११५ रोहिंग्या आप्रवासी र अन्य १६ जनाले आफ्नो हिरासत भवनमा दङ्गा मच्चाएका थिए ।

रोहिङ्ग्याहरू आफ्नो बौद्ध बहुल मातृभूमि म्यान्मामा उत्पीडनको शिकार भई भागेर सम्पन्न, मुस्लिम बहुल बङ्गलादेश, मलेसिया, इन्डोनेसिया र अन्य मुलुकहरूमा पुगी शरणार्थी शिविरहरूमा बस्दै आएका छन् । 

थाइल्याण्डसँगको खुला सिमाना भएर डुङ्गाचढेर मलेसिया छिर्न वा लुकिछिपी मलेसिया प्रवेश गर्न उनीहरूले महिनौँ लामो समुद्री यात्रा गर्नेगरेका छन् । यसरी अवैधरूपमा विभिन्न मुलुक पुग्ने उनीहरूलाई पक्राउ गरी शिविर तथा हिरासत केन्द्रमा पठाइन्छ जहाँ सामान्यतया भीडभाड र फोहोर भएको अधिकारवादी समूहहरूले बताएका छन् । यसैबीच, अँध्यारोमा राजमार्ग पार गर्ने क्रममा बिहीबार भएको सडक दुर्घटनामा एक रोहिङ्ग्या शरणार्थीको मृत्यु भएको पुष्टि भएको छ ।

सार्वजनिक सूचनाका आधारमा ४१ जना रोहिङ्ग्यालाई पाम आयल इस्टेट र नजिकैको तापाह र बिदोर शहर वरपरको जङ्गलमा पुनः पक्राउ गरिएको पेराकका प्रहरी प्रमुख मोहम्मद युसरी हसन बसरीले एएफपीलाई बताए ।  “हामीलाई विश्वास छ धेरै जना जङ्गलमा लुकेर बसेका छन्”, उनले भने, “पक्राउ परेका सबै जना भोकाएका र थाकेका पाइएका छन् ।”

युसरीका अनुसार परार अन्य १३६ जना रोहिङ्ग्यालाई प्रहरी र अध्यागमन अधिकारीहरूले जङ्गल, नदी र गाउँहरूमा खोजी गरिरहेका छन् । दुई वर्षमा यस्तो ब्रेकआउट भएको यो दोस्रो पटक हो । सन् २०२२ मा उत्तरी पेनाङ्ग राज्यमा ५२८ रोहिङ्ग्या शरणार्थी हिरासतबाट भागेका थिए । राजमार्ग पार गर्ने क्रममा ६ जनाको मृत्यु भएको थियो भने सयौंलाई पुनः पक्राउ गरिएको थियो ।

हालैका महिनाहरूमा म्यान्माबाट भाग्ने जातीय रोहिङ्ग्याहरूको सङ्ख्यामा वृद्धि भएको छ । मध्य नोभेम्बरदेखि जनवरीको अन्त्यसम्ममा म्यान्माबाट भागेका एक हजार ७५२ रोहिङ्ग्या शरणार्थीहरू इन्डोनेसिया पुगेकासंयुक्त राष्ट्रसङ्घको रेकर्डले देखाएको छ । यसमध्ये अधिकांश महिला र बच्चाहरू छन् । 

संयुक्त राष्ट्रसङ्घ शरणार्थीमामिला हेर्ने निकाय (यूएनएचसीआर) का अनुसार सन् २०१५ यता मुस्लिम बहुल रहेको यी मुलुकमा पुग्ने सबैभन्दा ठूलो आप्रवासी सङ्ख्या हो । सन् २०२२ मा तीन हजार ५०० भन्दा बढी रोहिङ्ग्याले दक्षिणपूर्वी एसियाली मुलुकहरूमा जोखिमपूर्ण यात्रा गर्नेगरेको अनुमान गरिएको छ । यूएनएचसीआरका अनुसार सन् २०२२ को सुरुदेखि अहिलेसम्म करिब एक हजार रोहिंग्याको मृत्यु भएको छ वा उनीहरु बेपत्ता भएका छन् ।

एक लाखभन्दा बढी रोहिङ्ग्या मलेसियामा रहेका र धेरैले गैरकानुनी रूपमा निर्माण र अन्य कम तलबको रोजगारीमा काम गरिरहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै