• २०८१ बैशाख १६ आइतबार

वैवाहिक बन्धनमा बाँधिए अभिनेता गौरव पहारी

kharibot

काठमाडौँ । अभिनेता गौरव पहारी वैवाहिक जीवनमा बाँधिएका छन् । आइतबार मुलपानीस्थित नर्लिङ रिसोर्टमा उनले प्रेमिका श्रेणी खतिवडासँग लगनगाँठो कसेका हुन् । विवाह समारोहमा दुई पक्षका पारिवारिक सदस्य र केही फिल्मकर्मीको उपस्थिति थियो । गत असोज ३ गते उनीहरुले इन्गेजमेन्ट गरेका थिए । विवाहअघि यो जोडी तीन वर्षदेखि प्रेम सम्बन्धमा थियो ।

श्रेणी पेशाले जुम्बा (नृत्यका माध्यमबाट गरिने फिटनेस) प्रशिक्षक हुन् । गौरव भने अभिनयमा सक्रिय छन् । उनी पुराना अभिनेता टीका पहारीका छोरा हुन् । उनले फिल्म ‘मञ्जरी’बाट अभिनेताको रुपमा डेब्यु गरेका थिए । त्यसयता ‘होस्टेल’, ‘उत्सव’, ‘गाजलु’, ‘साइँली’, ‘रातो घर’, ‘छक्का पञ्जा २’ लगायत दुई दर्जनभन्दा बढी फिल्ममा काम गरिसकेका उनी ‘साइँली’का निर्माता पनि हुन् ।

उनलाई गायक हेमन्त रानाको गीत ‘साइँली’ले ठूलो लोकप्रियता दिलाएको थियो । यही गीतपछि ‘साइँला’को रुपमा उनको परिचय बनेको हो । गत मंसिर अन्तिममा उनी अभिनीत फिल्म ‘दुई कदम’ प्रदर्शन भएको थियो भने अर्को फिल्म ‘नम्बरी सुन’ प्रदर्शनको पखाईमा छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै