• २०८१ बैशाख १५ शनिबार

२०२६ विश्वकप फुटबलको उदघाटन खेल मेक्सिकोमा र फाइनल अमेरिकामा हुने

kharibot

काठमाडौं । बिश्वकप फुटवल २०२६ को उदघाटन समारोह र पहिलो खेल मेक्सिकोले गर्ने भएको छ ।  फिफाले गएराती घोषणा गरे अनुसार बिश्वकप २०२६ को उदघाटन खेल मेक्सिकोले गर्ने भएको हो । 

जस अनुसार मेक्सिको सिटीको स्टाडियो एज्टेका नामक स्टेडियममा सो उदघाटन समारोह र पहिलो खेल हुनेछ । विश्नकपको उदघाटन खेल जुन ११ मा हुनेछ ।

अर्जेन्टिनाका स्ट्राइकर डिएगो म्याराडोनाले सन् १९८६ को क्वार्टरफाइनलमा इङ्ल्यान्ड विरुद्ध गरेको ‘ह्यान्ड अफ गड’ गोल यही स्टेडियम एज्टेकामा गरेका थिए, जसको दर्शक क्षमता ८३ हजार रहेको छ ।

मेक्सिकोले सन् १९७० र १९८६ सहित यसअघि दुईवटा विश्वकप आयोजना गरिसकेको छ । सन २०२६ मा उसले तेस्रो पटक विश्वकपको आयोजना गर्न लागेको हो ।

त्यस्तै २०२६ को विश्वकप फुटवलको फाइनल खेल अमेरिकामा हुने भएको छ । फिफाका अनुसार न्युयोर्कस्थित न्यु जर्सीको मेटलाइफ स्टेडियममा सो फाइनल खेल हुनेछ । जस अनुसार सो खेल जुलाई १९ मा आयोजना हुनेछ ।

संयुक्त राज्य अमेरिकाले आफ्नो देशमा पहिलो खेल भने जुन १२ मा नै गर्नेछ, जुन खेल लस एन्जलसको सोफाई स्टेडियममा हुनेछ ।

सन २०२६ को विश्वकपको आयोजना अमेरिकासहित तीन देशले गर्दैछन । जसअनुसार क्यानडा र मेक्सिको थप आयोजकको रुपमा रहेका छन् ।

अमेरिकाले सन् १९९४ मा पहिलो पटक विश्वकप फुटबलको आयोजना गरेको थियो भने सन २०२६ मा दोस्रो पटक आयोजना गर्न लागेको हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै