• २०८१ बैशाख २३ आइतबार

बिपि प्रतिष्ठानको समस्या समाधान गर्न मुख्यमन्त्रीको ध्यानाकर्षण

kharibot

धरान (सुनसरी) । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (बिपिकेएचआइएस)को समस्या समाधान गर्न नेकपा एमालेका प्रदेशसभा सदस्यहरुले मुख्यमन्त्री केदार कार्कीको ध्यानाकर्षण गराएका छन् ।

प्रदेशसभा सदस्यहरुले सुशासनको अभावमा प्रतिष्ठान धराशयी बन्दै गइरहेको र केही महिनायता चिकित्सक तथा कर्मचारीले आफ्नो बढुवाको माग राखी आन्दोलन गरिरहेकाले विद्यार्थीको पढाइ र बिरामीको उपचारमा प्रभावित भइरहेको सन्दर्भमा समस्या समाधानका निम्ति मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका हुन् । 

एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीको नेतृत्वमा प्रदेशको मुख्यमन्त्री तथा स्वास्थ्यमन्त्रीको जिम्मेवारी श्री कार्कीले सम्हाल्नुभएकाले सम्बन्धित प्रतिष्ठानका पदाधिकारी र सङ्घीय सरकारसँग समन्वय गरी समस्याको तत्काल निराकरण गर्न उनीहरुले ध्यानाकर्षणपत्र बुझाएका हुन् । 

प्रदेशसभा सदस्यहरु सांसद रमेशकुमार बस्नेत, विजयकुमार राई, रामप्रसाद महतो, रोहितबहादुर कार्कीले प्रतिष्ठानका समस्या अविलम्ब समाधान गर्न अनुरोध गरेका थिए । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै