• २०८१ बैशाख २२ शनिबार

‘लभ स्टेशन’ मा प्रदीप खड्काले तीन हिरोइनसँग रोमान्स गर्ने तयारी 

kharibot

काठमाडौँ । अहिलेका सुपरस्टार नायक प्रदीप खड्का र 'लिलिबिली' निर्माता तथा वितरक गोविन्द शाहीले संयूक्त रुपमा निर्माण गर्न लागेको फिल्मको नाम तय भएको छ । निर्देशक उज्जवल घिमिरेले निर्देशन गर्ने फिल्मको नाम ‘लभ स्टेशन’ राखिएको छ । 

प्रदीप खड्का प्रमुख भूमिकामा हुने सो फिल्ममा प्रदिपको अपोजिटमा 'लिलिबिली' कै अभिनेत्री जसिता गुरुङ हुने बताइए पनि यसको आधिकारिक जानकारी बहने दिइएको छैन । फिल्ममा तीन अभिनेत्रीको भूमिका हुने हुनाले अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहसँग पनि कुरा भइरहेको जनाइएको छ । 

यस फिल्मको रिलिज डेट आगामी फागुन २४ लाई तोकिएको छ । प्रदीप हाल गोपीकृष्ण ब्यानरको फिल्म 'रोजी' मा व्यस्त छन् । यस फिल्मको सुटिङ सकिए लगत्तै 'लभ स्टेशन' को छायांकन सुरु हुने बताइएको छ । अहिले फिल्मको स्क्रिप्टको फाइनल ड्राफमा काम भइरहेको छ । 

गोविन्दको काफिया फिल्मस् र प्रदीपको ब्यानर प्रदीप मिडियाबाट फिल्म निर्माण हुनेछ । प्रदीपले यसअघि 'स्केप' र 'ठूलोमान्छे' नामक फिल्म निर्माण गरेका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै