• २०८१ बैशाख १८ मंगलबार

अन्तरिक्ष यात्रीको भूमिकामा प्रदीप खड्का

kharibot

काठमाडौँ । अभिनेता प्रदीप खड्काको नयाँ फिल्मको घोषणा गरिएको छ । फिल्म ‘एक्लो’ मा प्रदीप अन्तरिक्ष यात्रीको भूमिकामा देखिने भएका हुन् ।

सोमबार सार्वजनिक गरिएको थिम पोस्टरमा अन्तरिक्ष यात्रीलाई चित्रित गरिएको छ । पात्रको अनुहार नदेखाइएको भए पनि यो भूमिकामा प्रदीपले अभिनय गर्ने जानकारी दिइएको छ ।

प्रदीप शाहीको निर्देशनमा बन्ने यो फिल्म तीन सिरिजमा निर्माण हुने बताइएको छ । यसमा प्रदीपको अपोजिटमा अभिनेत्री बेनिशा हमाल हुने छिन् । त्यस्तै सुनिल थापा, विजय लामा, दीया पुन, कविता नेपाली, एवनराज उप्रेती लगायतको पनि मुख्य भूमिका रहने जानकारी दिइएको छ । यो फिल्म सन् २०२५ मा रिलिज गरिने पोस्टरमा उल्लेख छ ।

शाइ प्रोडक्सन नेपालको ब्यानरमा निर्माण हुन लागेको ‘एक्लो’मा ह्याम्साएर एकाउन्टेनले सहकार्य गरेको छ । अहिले सेट डिजाइन र प्रि-प्रोडक्सनको काम भइरहेको कार्यकारी निर्माता क्षितिज सुवेदी खत्रीले जानकारी गराएका छन् । यस फिल्मको छायांकन वर्षको साउन अन्तिम साताबाट सुरु हुने निर्माण पक्षले जानकारी दिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै